ज्योती मगर र रितिका कुँवरको तीज गीत “मितीनी” सार्वजनिक

श्रावण १७,२०७८

-आस्था न्यूज

साउन १७,२०७८ काठमाडौं ।
ज्योती मगर र रितिका कुँवरको तीज बिशेष गीत “मितिनी” सार्वजनिक भएको छ ।
 
शरद पाण्डेको शब्द, संगीत रहेको गितमा योगेश काजीले संगीत संयोजन गरेका हुन् ।
 
मोडल शंकर बिसीको निर्देशन रहेको गीतमा दुर्गा पौडेलको छायांकन, नविन घर्ती मगरको सम्पादन रहेको छ । गीतलाई रिजान नेपालको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोमा ज्योती मगर र रितिका कुँवरको अभिनय रहेको छ ।
 
गितको बिमोचन कार्यक्रममा गायिका ज्योती मगरले स्वागत मन्तब्य राखेकी थिईन् । कार्यक्रमको सञ्चालन दिलिप पौडेलले गरे भने मिडिया संयोजकको भुमिका पत्रकार प्रकाश बराईली “अभिब्यक्ती” लाई दिइएको थियो ।
 
कार्यक्रमका वक्ताहरुले मितीनी गीतलाई सफलताको शुभकामना दिदै मौलिक तीज गीत भएको भन्दै आगामी दिनमा पनि यस्तै गीतहरु निर्माण गर्न र छाडा गीतहरु नगर्न ज्योती मगरलाई सुझाव दिएका थिए । मितीनी गीतमा ज्योती मगर र रितिका कुँवरको स्वर रहेको छ ।
 
गीतको भिडियो हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोला-
https://youtu.be/R60ieuSmRag