बागमती नदीमा हाम फालेकी महिलाको जीवितै उद्धार

श्रावण १९,२०७८

-आस्था न्यूज

साउन १९,२०७८ काठमाडौं ।
सर्लाहीस्थित बागमती नदीमा हाम फालेकी एक महिलाको उद्धार गरिएको छ । बागमती नगरपालिका–१२ स्थित बागमती नदीमा हाम फालेकी रौतहटकी महिलाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।
हाम फालेपछि खोलाले बगाइरहेको समयमा रौतहटको वृन्दावन नगरपालिका–२ बस्ने रामबाबु पटेलकी पत्नी धनपतियादेवीको जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
 
उद्धार गरिएकी महिलालाई परिवारको जिम्मा लगाइएको उनले बताए ।