कांग्रेस गीतः ‘आयौं हामी चारतारे बोकेर,जय नेपालको सलाम ठोकेर’

भाद्र ०७,२०७८

-आस्था न्यूज

भदौ ७, २०७८ काठमाडौं ।
डिबी गुरुङको रचना, संगीत तथा स्वर रहेको ‘आयौं हामी चारतारे बोकेर, जय नेपालको सलाम ठोकेर’ बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ ।
 
गीतमा गुरुङको साथै अर्जुन सुनाम र टिका पुनको पनि स्वर रहेको छ । 
 
आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा नेपाल सांस्कृतिक कलाकर्मी संघ राष्ट्रिय समितिले आयोजना गरेको ‘विमोचन समारोह-२०७८’ मार्फत कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक भीष्मराज आङ्दाम्बे, प्रतिनिधिसभा सदस्य सुजाता परियारलगायतले गीतको भिडिओ विमोचन गरेका हुन् । 
 
कार्यक्रममा सम्बोधन गर्दै कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले उक्त गीतको सफलताको कामना गरेका छन् ।