पुरुषसरह अधिकार पाउनुपर्ने माग गर्दै काबुलमा महिलाहरूको प्रदर्शन

भाद्र १९,२०७८

-आस्था न्यूज

भदौं १९,२०७८ काठमाडौ ।
अफगानिस्तानमा शुक्रबार महिलाहरूले सडकमा निस्किएर प्रदर्शन गरेका छन् । शुक्रबार राजधानीमा काबुलस्थित राष्ट्रपति भवनबाहिर महिलाहरूको समूहले  प्रदर्शन गरेका हुन् ।
 
उनीहरुले सरकारमा महिला सहभागिता सुनिश्चित गर्नुपर्ने मागसहित प्रदर्शन गरेका हुन् । उनीहरूले बोकेका प्लेकार्डमा ‘एक साहसी सरकार जसमा महिला सहभागिता पनि होस्’, ‘महिला अधिकार, पुरुषसँग बराबर’ लगायतका नारा लेखिएको थियो ।
 
अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेसँगै महिलाको अवस्थाका बारेमा चिन्ता व्यत्त, गरिएको छ । तर शुक्रबार महिलाहरू आफै आफ्नो अधिकार सुनिश्चित हुनुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका हुन् । सं
 
युक्त राष्ट्रसंघको रिपोर्टमा तालिबान कालमा शोषण, महिलामाथि प्रतिबन्धलगायतका विषय चिन्ताको विषय बनेको बताइएको छ । यसभन्दा पहिले तालिबान शासनमा महिलालाई पूरा शरीर ढाक्ने बुर्का अनिवार्य र दस वर्षमाथिका बालिकालाई विद्यालय जान प्रतिबन्ध लगाइएको थियो ।
 
पछिल्लो समय तालिबानी नेताहरूले महिलालाई कुनै प्रतिबन्ध नलगाइने बताउँदै आएका छन् । उनीहरूले इस्लामिक कानुन शरियाबमोजिम शासन चलाउने बताउँदै आएका छन् । तर महिलालाई कुन भूमिका दिने भन्नेबारेमा भने उनीहरूले केही स्पष्ट पारेका छैनन् ।
 
तालिबानले छिट्टै नयाँ सरकार घोषणा गर्ने बताएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार तालिबानका सह–संस्थापक मुल्ला अब्दुल गनी बरादरले नयाँ सरकारको नेतृत्व गर्ने सम्भावना रहेको बताइएको छ ।