एमसिसीका प्रावधान सच्याएर मात्रै अनुमोदन गर्न एकिकृत शक्ति नेपालको ध्यानाकर्षण

भाद्र २३,२०७८

-आस्था न्यूज

भदौ २३, २०७८ काठमाडौं ।
एकिकृत शक्ति नेपालले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का बुदाहरु सच्याएर मात्रै अनुमोदन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 
 
देउवा सरकार एमसिसी अनुमोदन गर्ने तयारीमा रहेको र त्यसका विरुद्ध जनविरोधहरु आइरहेको उल्लेख गर्दै एकिकृत शक्ति नेपालले पनि एमसिसीका बुदा सच्याएर मात्रै अनुमोदन गर्न आग्रह गरेको हो ।
 
 एकिकृत शक्ति नेपालले एक विज्ञप्ती जारी गर्दै यदि एमसिसि जस्ताको तस्तै अनुमोदन गरिए प्रतिरोधमा उत्रने चेतावनी मसेत दिएको छ ।
 
No description available.