मंगलबार १ हजार ६४० जनामा कोरोना पुष्टि, १० को मृत्यु

भाद्र २३,२०७८

-आस्था न्यूज

भदौ २३, २०७८ काठमाडौं ।
नेपालमा मंगलबार १ हजार ६४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ७६७ जनाको पीसीआर परीक्षणमा १ हजार ३४७ र ३ हजार ६८८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २९३ जनामा कोरोना पुष्टि भएको छ ।
 
पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार १६१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै निको हुने दर ९४.८ प्रतिशत रहेको छ ।