सत्तारुढ दलभित्रै एमसीसीबारे विवाद रहेको महन्थ ठाकुरको भनाई

भाद्र २७,२०७८

-आस्था न्यूज

भदौं २७, २०७८ काठमाडौं ।
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सत्तारुढ दलभित्रै एमसीसीबारे विवाद भएको बताएका छन् ।
 
एमसीसी उपाध्यक्ष फातिमा समुारको टोलीलाई ठाकुरले एमसीसीबारे सत्तारुढ दलभित्र विवाद भएकाले पारित गर्ने/नगर्ने सरकारकै हातमा रहेको बताएका हुन् ।
 
मेरियट होटलमा भएको उक्त भेटघाटमा ठाकुरले एमसीसीको टोलीलाई आफ्नो पार्टी एमसीसीको विषयमा सकरात्मक भएको बताउँदै राजनीतिक दलहरुबीचमा भने विवाद रहेको बताएका थिए ।