दशैँका लागि राष्ट्र बैंकले असोज ४ बाट नयाँ नोट वितरण गर्ने

भाद्र २८,२०७८

-आस्था न्यूज

भदौ २८,२०७८ काठमाडौं ।
नेपाल राष्ट्र बैंकले दशैँका लागि आगामी असोज ४ गतेबाट नयाँ नोट वितरण गर्ने भएको छ । काठमाडौँको बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने राष्ट्र बैंकले जनाएको छ । प्रतिव्यक्ति १८ हजार ५ सयका दरले बैंकले नयाँ नोट वितरण गरिने छ ।
 
‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् । राष्ट्र बैंकले हरेक वर्ष दशैँमा नयाँ नोट वितरण गर्दै आएको छ । तर, गत वर्ष कोरोना महामारीका कारण नयाँ नोट वितरण गरिएको थिएन ।
यो वर्ष कोरोना नियन्त्रणमा आइसकेको भन्दै नयाँ नोट वितरण गर्न लागिएको हो । क वर्गका बैंकहरुले राष्ट्र बैंकबाट नयाँ नोट लिइसकेका छन् ।