डडेल्धुरामा पुनः वडा अधिवेशन गराउनुपर्ने पौडेलको माग

भाद्र २८,२०७८

-आस्था न्यूज

भदौ २८,२०७८ काठमाडौं ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले डडेल्धुरा अधिवेशनले महाधिवेशनको निष्पक्षता र पारदर्शिताका विषयमा सुरुवातमै दाँतमा ढुंगा लागेको बताएका छन् । उनले डडेल्धुरामा पुनः वडा अधिवेशन गराउनसमेत माग गरे । 
 
सोमबार आफुपक्षीय नेताहरुको बैठकपछि सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेता पौडेलले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन निष्पक्ष र पारदर्शी हुन्छ भनेर आफ्नै जिल्लाबाट विश्वास दिलाउन नसकेको बताए ।
 
सभापतिजीले यो महाधिवेशन निष्पक्ष र पारदर्शी हुन्छ भनेर आफ्नै जिल्लाबाट विश्वास दिलाउन सक्नुभएन । यो त सुरुवातमै दाँतमा ढुंगा लागेको जस्तो भयो,’ पौडेलले भने ।
 
महामन्त्री सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरु अर्जुननरसिंह केसी, रामशरण महत, शेखर कोइराला लगायत नेताहरुसहित पत्रकार सम्मेलनमा सम्बोधन गर्दै नेता पौडेलले सभापति देउवाले राज्यशक्तिको प्रयोग गरी अधिवेशन गर्ने प्रयास गर्नु अलोकतान्त्रिक र आपत्तिजनकमात्रै नभएर चरम अराजकता र मनपरितन्त्र भएको टिप्पणी गरे । उनले निर्वाचन समितिले पनि त्यहााको निर्वाचनलाई मान्यता दिन नहुने बताए ।
 
‘डडेल्धुरामा वडाको अधिवेशन भएकै छैन । त्यसका लागि बातावरण बनाइयोस् । सबैको सहमति, विधि, विधान र पद्धतिअनुसार नै त्यहााको निर्वाचन गराइयोस् भनेर माग गर्दछाौ,’ उनले भने, ‘अहिले जुन किमिसको कार्य भएको छ, त्यसलाई हामी स्वीकार्दैनाौ ।’
 
पौडेल समूहले विधान र देशको संविधानको समयावधिभित्र महाधिवेशन हुन नसकेकाप्रति दुःख व्यक्त गरेको छ ।