मंगलबार थप १,५६२ जनामा कोरोना संक्रमण पुष्टि

भाद्र २९,२०७८

-आस्था न्यूज

भदौ २९, २०७८ काठमाडौं ।
 
पछिल्लो २४ घण्टामा १,५६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
 
१० हजार २ सय ६६ पीसीआर परीक्षण गर्दा १ हजार १८० जना र ४ हजार १७७ एन्टिजेन परीक्षण गर्दा ३ सय ८२ गरी १ हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ भने १ हजार ५८९ जना निको भएका छन् ।
 
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७९ हजार ४९२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ९८४ पुगेको छ भने ७ लाख ४२ हजार ३०६ जना संक्रमणमुक्त भएका छन् ।
 
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २०२ जना रहेका छन् । जसमध्ये २४ हजार ६९० जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ५१२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४५३ जना आईसीयू र १३७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
 
यस्तै १० वर्ष मुनिका ३७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय जना कोरोना संक्रमित थपिएका छन् ।