च्याम्पियन्स लिगः इन्टर मिलानविरुद्ध रियल विजयी

भाद्र ३१,२०७८

-आस्था न्यूज

भदौ ३१,२०७८ काठमाडौं ।
च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमा रियल म्याड्रिडले इटालियन च्याम्पियन इन्टर मिलानविरुद्ध जीत हासिल गर्न सफल भएको छ । बुधबार राति भएको खेलमा रियल १-० गोलले विजयी भएको हो ।
एडवार्डो कामाभिङ्गाको पासलाई भली गर्दै ब्राजिलियन खेलाडीले रियललाई महत्त्वपूर्ण तीन अंक दिलाए । उता, खेलमा लामो समय नियन्त्रण बनाएको इन्टरले भने गोलका थुप्रै अवसरहरु गुमाएको थियो । 
 
उत्कृष्ट फर्ममा रहेका रियलका गोलकिपर थियाबट कोर्टवाले लाउटारो मार्टिनेज र एडिन जेकोको प्रहारलाई सुन्दर बचाऊ गरेका थिए । समूहको अर्को खेलमा पहिलोपटक प्रतियोगिता खेलिरहेको सेरिफ टिरासपोलले शाख्तार डोनेस्कलाई २-० ले स्तब्ध बनाएको छ ।
 
त्यस्तै, ग्रुप अफ डेथ मानिएको समूह बीमा रहेको स्पेनिस च्याम्पियन एफसी पोर्टोसँग गोल रहित बराबरीमा रोकिएको छ ।