साताको अन्तिम दिन शेयर कारोबार घटेर राताम्मे

भाद्र ३१,२०७८

-आस्था न्यूज

भदौं ३१, २०७८ काठमाडौं ।
साताको अन्तिम दिन शेयर बजार परिसूचक एकैछिनमा ठूलो अंकमा घटेको छ । कारोबार खुलेसँगै घट्ने क्रममा देखिएको बजारमा १२ बजेसम्म करिब ६९ अंकले घटेको छ ।
 
शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको गिरावट देखिदा एउटा बाहेकका सबै कम्पनीहरु घटेका छन् । यद्यपि, २ म्युचुअल फण्ड र एउटा डिबेञ्चर भने बढेको छ । त्यसबाहेकका सबै कम्पनीको शेयर मूल्य घटेर राताम्मे देखिएको छ ।
 
बढ्ने कम्पनीमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था देखिएको छ । कारोबार खुला भएको एक घण्टामा यो कम्पनीको शेयर ५२ रुपैयाँले बढेर ८७० रुपैयाँ पुगेको छ । २१६ कम्पनीको कारोबार हुँदा २१२ वटा कम्पनीको शेयरमूल्य घटेको छ ।