एकीकृत समाजवादीको केन्द्रीय कार्यालय मीनभवनमा स्थापना

भाद्र ३१,२०७८

-आस्था न्यूज

भदौं ३१, २०७८ काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय मीनभवनमा स्थापना भएको छ ।
 
केन्द्रीय कार्यालयको उद्घाटन शुक्रबार बिहान हुने केन्द्रीय कार्यालय सचिव गंगालाल तुलाधारले बताए । उद्घाटन अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्नेछन् ।
 
नेकपा एमालेबाट अलग भएर गएको २ भदौमा एकीकृत समाजवादी बनेको हो । तर अहिलेसम्म यो पार्टीले केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको थिएन । अधिकांश जिल्लाहरुमा भने पार्टी कार्यालय स्थापना भइसकेको तुलाधारले बताए ।