कांग्रेस वडा अधिवेशन ५७ जिल्लामा सकियो

आश्विन ०१,२०७८

-आस्था न्यूज

असोज १,२०७८ काठमाडौं ।
१४ औँ महाधिवेशनअन्तर्गत कांग्रेसले ५७ जिल्लाको वडा तहको अधिवेशन गरेको छ । त्यसमध्ये सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको अधिवेशन भने विवादित छ ।
 
अहिलेसम्म ५७ जिल्लाको वडा तहको अधिवेशन भइसकेको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । उनका अनुसार बाँकी २० जिल्लामध्ये ७ जिल्लाको क्रियाशील सदस्यको नामावली प्राप्त भएर समितिले प्रकाशितसमेत गरिकसको छ ।
 
अन्य १३ जिल्लामा भने अधिवेशन हुने वा नहुने अनिश्चित छ । ‘प्रदेश २ का कुनै पनि जिल्लाको क्रियाशील सदस्य हामीलाई प्राप्त भएको छैन । सदस्यको नामावली नै त्यहाँको मतदाता हुन् । त्यसैले अधिवेशन हुने कुरै भएन,’ उनले भने, ‘त्यसबाहेक डोल्पा, रसुवा, बाँके, सुर्खेत र कैलालीको पनि नामावली हामीलाई प्राप्त भएको छैन ।’
 
निर्वाचन समितिले क्रियाशील सदस्यको नामावली प्रकाशित भएका ७ जिल्लामा निर्वाचन अधिकृतहरु खटाएको छ । ती जिल्लामा ५ असोजमा वडा अधिवेशन हुनेछ । 
 
काठमाडौं, मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बाजुरा, कपिलवस्तु र बर्दियामा ५ असोजमा वडा अधिवेशन गर्ने गरी निर्वाचन अधिृकतहरु खटाइएको सचिव श्रेष्ठले जानकारी दिए ।