शुक्रबार देशभर १५५८ जनामा कोरोना पुष्टि, १० को मृत्यु

आश्विन ०१,२०७८

-आस्था न्यूज

असोज १,२०७८ काठमाडौं ।
बितेको २४ घण्टामा देशभर १५५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १० जनाको मृत्यु भएको छ । 
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १३५१ जना संक्रमणमुक्त भएका छन् । यस्तै थप १० जनाको मृत्यु हुँदा मृतकको कुल संख्या ११ हजार १२ पुगेको छ । 
 
यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ८३ हजार ७५ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ८८ हजार ६५९ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ४६ हजार ५६६ जना निको भएका छन् । 
 
हाल देशभर २५ हजार ४९७ जना सक्रिय संक्रमित रहेका छन् ।