दशैंमा उपत्यका बाहिर जान असोज १० देखि अग्रिम टिकट बुकिङ खुल्ने

आश्विन ०१,२०७८

-आस्था न्यूज

असोज १,२०७८ काठमाडौं ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ दशैंमा उपत्यका बाहिर जानेहरुका लागि अग्रिम टिकट बुकिङ १० असोजदेखि खुलाउन सहमत भएको छ ।
 
यातायात व्यवस्था विभागमा शुक्रबार भएको छलफलमा आफूहरु अग्रिम टिकट बुकिङ खुला गर्न सहमत भएको महासंघका अध्यक्ष डोलनाथ खनालले जानकारी दिए । उनका अनुसार महासंघमा करिब १०० वटा कम्पनी आवद्ध छन् र एकतिहाइ बस उपत्यका बाहिर लामो रुटमा चल्ने गरेका छन् ।
 
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने यसमा सहमति जनाएको छैन । विभागका अधिकारीहरुका अनुसार असोज ६र७ गतेतिर फेरि छलफल गर्ने तयारी छ ।