बिष्णु खत्रीको दशै गीत “अलपत्रमा” सार्वजनिक

आश्विन ०६,२०७८

-आस्था न्यूज

असोज ६,२०७८ काठमाडौं ।
बिष्णु खत्रीको दशै बिशेष गीत “अलपत्रमा” सार्वजनिक भएको छ । गीतमा बिष्णु खत्री र पुर्णकला बिसीको स्वर रहेको छ भने बिष्णु खत्रीको शब्द, संगीत रहेको छ ।
 
क्रान्ति केसीको निर्देशन रहेको गीतमा राजेश घिमिरेको छायांकन, क्रान्ति केसीको सम्पादन रहेको छ । गीतमा श्रीमान् संकट तथा बाध्यतामा परेर दशै मनाउन घर आउन नपाएको र श्रीमान् घरमा नआएको पिरले श्रीमती तड्पीएको अनी घरमा आउछौ की मरम भन्ने बिषय बस्तुलाई चित्रण गर्ने प्रयास गरिएको पाईन्छ ।
 
गीतको भिडियोमा ओबी रायमाझी र अञ्जली अधीकारीको अभिनय रहेको छ ।  गीतलाई बिष्णु खत्रीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
 
 गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला-
 
https://youtu.be/rBysvwkZP90