वसन काफ्लेको ‘नो एमसिसि’ गीतको म्युजिक भिडियो सार्वजनिक

आश्विन ०८,२०७८

-आस्था न्यूज

असोज ८,२०७८ काठमाडौं ।
चर्चित गायक वसन काफ्लेको शब्द र संवादमा रहेको ‘नो एमसिसी’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । 
 
आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त गीतको म्युजिक-भिडियो सार्वजनिक गरिएको हो ।
 
गायक वसन काफ्ले, मौसम मधुर र रेवन भित्रिकोटीको स्वरमा रहेको गीतको भिडीयोमा निर्देशन कमल राईले गरेका छन् । 
 
जसमा छायाँकन शिव ढकालको रहेको छ । भिडियोमा एमसिसी सम्झौता गर्न नहुने सन्देश दिइएको छ । गीतको भिडियो नेट फर नेपाल यट्युब च्यानलमार्फत आज सार्वजनिक गरिएको हो ।
 
म्युजिक भिडियोमा चर्चित नायक नवल खड्का, वसन काफ्ले, मौसम मधुर, रेवन भित्रिकोटी, पशुपति श्रेष्ठ लगायतको शसक्त अभिनय रहेको छ ।