कुलेन्द्र बिश्वकर्माको नयाँ गीत “फुल हौ तिमी” सार्वजनिक

आश्विन १५,२०७८

-अस्था न्यूज

असोज १५, २०७८ काठमाडौं ।

गायक कुलेन्द्र बिश्वकर्माको अर्को नयाँ सांगीतिक कोसेली “फुल हौ तिमी” सार्वजनिक भएको छ ।

गीतमा कुलेन्द्र बिश्वकर्मा र कमला पोखरेलको स्वर रहेको छ ।

गीतमा गीतकार तथा संगीतकार कस्तुप पन्तको शब्द, संगीत रहेको छ ।

गीतको भिडियोलाई दुर्गा पौडेलले निर्देशन, छायांकन गरेका हुन् भने नविन घर्ती मगरले सम्पादन गरेका हुन् ।

उक्त गीतको भिडियोमा उनै गायक तथा नायक कुलेन्द्र बिश्वकर्मा र मोडल रञ्जिता गुरुङको जोडदार अभिनय रहेको छ ।

“फुल हौ तिमी” गीत कुलेन्द्र बिश्वकर्माको आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस् :-

https://youtu.be/pYvcjb7j-bM