नेप्से परिसूचक ५६ अंकले घट्यो

आश्विन १७,२०७८

-अस्था न्यूज

असोज १७, २०७८ काठमाडौं ।
साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक करिब ५६ अंकले घटेको छ । नेप्से परिसूचक ५५ दशमलव ९३ अंकले घटेर २ हजार ५ सय ७७ दशमलव ४९ अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ०७ अंकमा झरेको छ । शेयर कारोबार रकममा पनि आइतबार उल्लास देखिएन ।

५२ हजार ३९१ कारोबार हुँदा हुँदा ८९ लाख ४८ हजार ९३७ कित्ता शेयर किनबेच भएको छ । जसअनुसार कारोबार रकम ४ अर्ब ११ करोड ३८ लाख १४ हजार हजार २४६ रुपैयाँ पुगेको छ ।

बजार घटेपनि केही कम्पनीहरुको शेयर मूल्य भन बढेको छ ।