नेकपा (एस) को चुनाव चिन्ह ‘कलम’ रहने

आश्विन २२,२०७८

-आस्था न्यूज

असोज २१, २०७८ काठमाडौं ।
 
नेकपा (एकीकृत समाजवादी)ले आफ्नो चुनाव चिन्ह फेरेको छ । यसअघि किताब प्रस्तावित गरिएकोमा अब कलम चिन्ह हुनेछ । स्थायी कमिटीको बिहीबारको बैठकले चिन्ह फेरबदल गर्ने निर्णय गरेको हो । 
 
उक्त चिन्ह यसअघि माधव नेपाल निकट युवा नेता जीवन राईको नाममा दर्ता भएको नेकपा एकीकृत पार्टीले पाएको थियो । राई पनि नेपालकै पार्टीमा रहने भएपछि चिन्ह फेरेर उक्त चिन्ह नेकपा ९एस०मा ल्याउन लागिएको हो ।
 
यसैबीच नेकपा (एस)ले पार्टीको केन्द्रीय कार्यालय र केन्द्रीय सचिवालयको टुंगो लगाएको हो । केन्द्रीय सचिवालय महासचिव बेदुराम भुसालको नेतृत्वमा ११ सदस्यीय हुनेछ । केन्द्रीय कार्यालयमा पनि महासचिव भुसालको नेतृत्वमा ५ जनाको हुनेछ ।