रोल्पामा जीप दुर्घटना, एक जनाको मृत्यु

आश्विन २४,२०७८

-आस्था न्यूज

असोज २४,२०७८ काठमाडौं ।
रोल्पामा आज जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  रोल्पा नगरपालिकाको सल्लीबोटबाट बाजाबाङ जाने क्रममा लु१च ९४९३ नं को जीप छेर्लापोखरा भन्ने स्थानामा दुर्घटना हुँदा सो जीपका चालक सोही नगरपालिका १ खेवासेका २० वर्षीय गोवर्द्धन घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख नरेशराज सुवेदीले जानकारी दिए ।
 
उनका अनुसार जीप सडकबाट ३० मिटर तल खसेको छ । दुर्घटनामा परी जीपका सहचालक रोल्पा नगरपालिका सल्लीबोटका २० वर्षीय नवीन पुन घाइते भएका छन् । रोल्पा अस्पताल रेउघामा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।