कोरोना संक्रमणबाट आइतबार १० जनाको मृत्यु

आश्विन २४,२०७८

-आस्था न्यूज

असोज २४, २०७८ काठमाडौं ।
आइतबार नेपालमा ५६५ कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ९ हजार २३७ पीसीआर परीक्षणमा ५६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जानकारी दिएको छ ।
 
यस्तै ३ हजार १६७ एन्टिजेन परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार ४०४ परीक्षणमा ५९६ संक्रमित भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २ हजार १९८ पुगेको छ ।
 
२४ घण्टामा थप ८७१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ७५ हजार ९४३ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २३१ पुगेको छ ।
 
हालसम्म देशभर ४२ लाख ८८ हजार ९३८ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २३४ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या १५ हजार २४ छ ।
 
२४ घण्टामा खोप लगाएकाको संख्या ७८ हजार ९२७ रहेको छ ।