मुगुमा बस दुर्घटनाः २२ जनाको मृत्यु

आश्विन २६,२०७८

-आस्था न्यूज

असोज २६, २०७८ काठमाडौं ।
मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मत्यु भएको छ । १८ जना घाइते भएका छन्। नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस पिना झ्यारीखोलामा दुर्घटना भएको हो ।
 
 भे १ ख ३१६७ नम्बरको बस सडकबाट झन्डै ३ सय मिटर तल खसेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरिक्षक माधव प्रसाद श्रेष्ठले  जानकारी दिए । 
 
बस दुर्घटना बारेको पूर्ण विवरण आइनसकेको र घाइतेहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिएको श्रेष्ठले बताए । सडकबाट खसेको बस क्षतविक्षत भएको प्रहरीले जनाएको छ । 
 
श्रेष्ठले भने–‘बस सडकबाट झन्डै ३ मिटर तल खसेर दुर्घटना भएको छ, क्षतिको पूर्ण आधिकारिक विवरण आइसकेको छैन । घटना गम्भीर किसिमको छ । घाइतेहरुको नेपाली सेनाले उद्धार गरिरहेको छ । उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा खटिइरहेका छन् ।’ 
 
अहिले घाइतेहरुको उद्दार गरी मुगुको जिल्ला अस्पताल तथा सुर्खेतको अस्पतालमा ल्याउने काम भइरहेको छ ।