जापानमा ड्राइभरबिनाको बुलेट रेल सञ्चालनमा !

मंसिर ०१,२०७८

-आस्था न्यूज

मंसिर १,२०७८ काठमाडौं ।
पूर्वी जापानको निगाता स्टेसनमा ड्राइभरबिनाको बुलेट रेल परीक्षण सुरु भएको छ। ईस्ट जापान रेलवे कम्पनीले बुधबारदेखि ड्राइभरविनाको बुलेट रेल परीक्षण सुरु गरेको हो।   
 
व्यवसायिक प्रयोजनका लागि प्रयोगमा ल्याइएको ड्राइभरबिनाको सो बुलेट ट्रेन जापानको पहिलो भएको बताइएको छ। रिमोटबाट चल्ने बुलेट रेलको स्विच अटोमेटिक मोडमा राखेपछि चल्ने बताइएको छ। 
 
अक्टोबर २९ मा पहिलो चरणको परीक्षण गरिएको सो बुलेट रेल बुधबार सञ्चारकर्मी र सर्वसाधारणको उपस्थितिमा परीक्षण गरिएको बताइएको छ। जापानमा सम्भावित कामदार अभावका कारण ड्राइभरबिना अर्थात् रिमोटबाट चल्ने बुलेट रेल सञ्चालनमा ल्याउन थालिएको स्थानीय मिडियामा खबर छ। रिमोटबाट चल्ने सो बुलेट रेल प्रतिघण्टा ११० किलोमिटरको गतिमा कुद्ने बताइएको छ। 
 
सो परीक्षण सफल भएमा रिमोट नियन्त्रित बुलेट रेल चाडै निरन्तर सञ्चालनमा ल्याउने बताइएको छ। रिमोट नियन्त्रित बुलेट रेल र ड्राइभरद्वारा सञ्चालन हुने रेलमा अधिक समानता रहेको अधिकारीहरुले बताएका छन्। रिमोट नियन्त्रित बुलेट रेलजस्तै मोनोरेल सेवा लगायत केही सेवा जापानमा परिचित छन्।