प्रधानन्यायाधीश बाहेक १० वटा इजलास गठन, आजबाट सबै किसिमका मुद्दा हेरिने

मंसिर ०७,२०७८

-आस्था न्यूज

मंसिर ७,२०७८ काठमाडौं ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि आफूबाहेक १० वटा इजलास गठन गरेका छन् ।
 
हिजो ९मंगलबार० पनि आफूलाई इजलास नतोकेका राणाले आज ती इजलासमा सबै किसिमको ५९२ मुद्दाको पेसी चढाएका हुन् ।
 
गोलाप्रथाद्वारा मुद्दाको पेसी चढाउने प्रावधानलाई राजपत्रमा प्रकाशित गरिएको भोलिपल्ट सबै किसिमको मुद्दाको सुनुवाइ हुन लागेको हो ।
 
यसअघि सर्वोच्च अदालतकै १९ जना न्यायाधीश इजलास बहिस्कार गरेर आन्दोलनमा उत्रिएका थिए भने नेपाल बार एसोसिएसन अहिले पनि राजीनामा मागेर आन्दोलनमै छ ।
 
यसअघि बन्दीप्रत्यक्षीकरणको मात्र सुनुवाइ भइरहेको थियो ।