उच्च शिक्षाका लागि अस्ट्रेलिया र जापान जाने विद्यार्थीलाई भीसा दिने

मंसिर ०८,२०७८

-

मङ्सिर ८,२०७८ काठमाडौं। 
 
उच्च  शिक्षामा  जान  चाहने  विद्यार्थीलाई जापान र अस्ट्रेलियाले प्रवेशाज्ञा (भीसा) दिने भएको छ । कोरोनाका कारण बन्द रहेको ती दुई वैदेशिक गन्तव्य खुला हुने भए पनि नेपाली विद्यार्थीलाई राहत हुने भएको छ ।
 
यी  दुवै  मुलुक  उच्चशिक्षाका  लागि  विदेशिन  चाहने  नेपाली  विद्यार्थीका लागि आकर्षक गन्तव्य हुन् । अस्ट्रेलिया​ सरकारले डिसेम्बर १ तारिखदेखि लागू हुनेगरी विद्यार्थीलगायत अन्य वर्गका यात्रुका लागि आवागमन खुला गर्ने निर्णय गरेको नेपाल शैक्षिक परामर्श सङ्घ ९इक्यान०का अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए ।
 
जापान सरकारले पनि नोभेम्बर ८ तारिखदेखि लागू हुनेगरी  विदेशीका  लागि  पर्यटक  भीसाबाहेक  अन्यका  लागि  बोर्डर खुला गरिसकेको छ । दुवै सरकारको निर्णयले नेपाली विद्यार्थीलाई ठूलो राहत मिल्ने मङ्गलबार पत्रकार सम्मेलन गरेर पाण्डेले बताए ।