ट्रकको ठक्करबाट २ जनाको मृत्यु

मंसिर ०८,२०७८

-आस्था न्यूज

मङ्सिर ८, २०७८ काठमाडौं। 
पश्चिम नवलपरासीको सुनवल नगरपालिका-४ रम्भापुरमा ट्रकको ठक्कररबाट दुई जनाको मृत्यु भएको छ ।
 
भुस बोकेको प्रदेश २-०३००१ ख ४५२४ नम्बरको ट्रकले गएराति ठक्कर दिंदा स्थानीय दुई जना पैदलयात्रीको मृत्यु भएको हो ।
 
मृत्यु हुनेमा रम्भापुर गैंडाखाल बस्ने २६ वर्षीय दुर्गा काफ्ले र ४० वर्षीय टिकानाथ कँवर रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
 
यसैगरी सिन्धुलीको दुधौली नगरपालिका-२ गागन भन्ने स्थानमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
 
गएराति १० बजे ज ९ प ९४३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक दुधौली नगरपालिका-१ का ४५ वर्षिय दिलिप अधिकारीको मृत्यु भएको हो । अधिकारीको चन्दनपुर पोलिक्लिनिकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।