आर्थिक सामाजिक रूपान्तरणको आधार सहकारी क्षेत्रः उपराष्ट्रपति

मंसिर ०९,२०७८

-आस्था न्यूज

मङ्सिर ९,२०७८ काठमाडौं । 
उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक सामाजिक रूपान्तरणको आधार सहकारी क्षेत्र भएको बताउनुभएको छ । आत्मनिर्भर अर्थतन्त्रका लागि सहकारी पहिलो माध्यम बन्नुपर्ने उहाँको भनाइ छ ।
 
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घद्वारा बुधबार आयोजित चौथो ललितपुर साकोस समिटका अवसरमा बोल्दै उपराष्ट्रपति पुनले सहकारीमार्फत अधिकतम पुँजी प्रयोग गरी आर्थिक विकासमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सहकारीप्रति विश्वास बढ्दै छ, सहकारीले सदस्यको जीवन बदल्न सक्नुपर्छ । ”
 
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सहकारी समाजवादको आधार भएको बताउनुभयो । उत्पादन र उद्यमशीलता बढाउन निक्षेप तथा कर्जा दुवैमा ब्याज घटाउनुपर्ने उहाँको भनाइ छ ।
 
सहकारी विभागका रजिस्ट्रार झलकराम अधिकारीले अनुगमन प्रभावकारी बनाउन लागिएको जानकारी लिनुभयो ।
 
कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेल, राष्ट्रिय सहकारी बैङ्कका अध्यक्ष केबी उप्रेती, ललितपुर जिल्ला बचत सङ्घका अध्यक्ष रामहरि बजगाईंलगायतले बोल्नुभएको थियो । गोरखापत्रमा खबर छ ।