हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्न आवश्यक छः राप्रपा नेता राजेन्द्र लिङदेन

मंसिर १५,२०७८

-आस्था न्यूज

मंसिर १५, २०७८ काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता राजेन्द्र लिङदेनले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनालाई स्थापित गर्न आवश्यक रहेको बताएका छन् । 
 
काठमाडौंमा बुधबारबाट  सुरु राप्रपाको अधिवेशनमा बोल्दै नेता लिङदेनले यस्तो बताएका हुन्। उनले भने, ‘हिन्दु राष्ट्र र राजसंस्था सबै नागरिकको मुद्दा बन्यो तर, पार्टी बेपत्ता भयो। ’
 
उनले भने, ‘राप्रपाको एकता लामो समय टिकेन । देशको एउटा मान्यता प्राप्त पार्टी समेत बनेन। ’
 
लीङदेनले राष्ट्रिय राजनीतिबाट पार्टी बेपत्ता भएको बताएका छन् । उनले भने, ‘जीवन रोज्ने कि मृत्यु रोज्ने महत्वपूर्ण घडि हो । यो दुई वर्षमा पार्टीको गति हेर्दा निष्प्रभावी छ ।’
 
लिंदेनले राप्रपाको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। महाधिवेशनको अघिल्लो दिन अर्थात् मंगलबार पार्टी अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीले लिंदेनलाई नेतृत्वका लागि समर्थन गरेका थिए।