विदेश भ्रमणमा नजान स्वास्थ्य मन्त्रालयको आग्रह

मंसिर १५,२०७८

-आस्था न्यूज

मंसिर १५, २०७८ काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश भ्रमणमा नजान आग्रह गरेको छ ।
 
बुधबार विज्ञप्ति जारी गर्दै कोभिड-१९ को ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र स्वास्थ्य सावधानी अपानउन स्वास्थ मन्त्रालयले अपील गरेको छ ।
केही दिनअघि अफ्रिकी मुलुकमा पहिचान भएको ओमिक्रोन भेरियन्ट अफ्रिका तथा एशियाका केही देशहरुमा तीव्र रुपमा फैलिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
 
यो भरियन्ट सबै उमेर समूहका मानिसहरुमा तिव्र रुपमा देखिएका आवश्यक सावधानी अपनाउनुपर्ने मन्त्रालयले जनाएको छ ।