आइतबार शेयर बजार हरियाली

पौष ११,२०७८

-आस्था न्यूज

पुस ११, २०७८ काठमाडौं ।
साताको पहिलो दिन आइतबार शेयर बजार हरियाली भएको छ । यसदिन बजार मापक परिसूचक नेप्से ७१.२० अंकले बढेर २५९१.४२ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि ५.३८ अंकले बढेर ४८२.७४ को बिन्दुमा पुगेको छ ।
 
आइतबार विभिन्न १५ वटा कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको थियो। १० प्रतिशतसम्मको वृद्धि भएपछि सर्किट लाग्ने गर्छ ।
 
आइतबार १३ वटा उपसमूह मध्ये ११ उपसहू हरियाली हुँदा दुईवटा उपसमूह भने राताम्मे भए । फाइनान्स र हाइड्रो उपसमूहले गुमाएका छन् । फाइनान्स उपसमूहले १.१२ प्रतिशतले गुमायो भने हाइड्रोले ०.१२ प्रतिशतले गुमायो ।
 
सबैभन्दा धेरै निर्जीवन बीमा उपसमूहले कमायो । सो उपसमूहमा ८.१७ प्रतिशतको वृद्धि भएको छ ।
 
आइतबार २३१ कम्पनीका ८६०१९६५ कित्ता शेयर खरिद विक्री हुँदा ५,१७,३२,००,५०३ रुपैयाँ बराबरको कारोबार भयो। शेयर बजारमा अघिल्लो सातादेखि हरियाली आउन थालेको छ ।