रेमिट्यान्स लगानीका लागि वैदेशिक रोजगार बचत पत्र र रेमिट हाइड्रो कार्यक्रम ल्याउनु पर्नेमा जोड

पौष १४,२०७८

-आस्था न्यूज

पुस १४, २०७८ काठमाडौं ।
 
धेरै भन्दा धेरै रेमिट्यान्स औपचारिक माध्यमबाट भित्र्याउन सरकार र राष्ट्र बैंकले विशेष पहल गर्नुपर्ने उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् ।
 
केही महिना यता वित्तीय प्रणालीमा भएको तरलता अभावको एउटा कारण रेमिट्यान्स पनि भएकाले त्यो समस्या समाधान गर्न पनि औपचारिक प्रणालीमार्फत आउने रेमिट्यान्स बढाउनु पर्ने उनले बताए ।
 
नेपालमा वार्षिक रुपमा करिब ९ खर्ब रुपैयाँ रेमिट्यान्स आउने गरेको छ । रेमिट्यान्स रकम घर व्यवहार देखि शिक्षा स्वास्थ्यलगायतमा पनि खर्च हुने गरेको उनले बताए । सरकारले रेमिट्यान्स लगानीका लागि वैदेशिक रोजगार बचत पत्र र रेमिट हाइड्रो कार्यक्रम ल्याए पनि प्रभावकारी नभएको उनले बताए ।