राष्ट्रियसभा निर्वाचनका लागि आजदेखि निर्वाचन आचार संहिता लागू

पौष २६,२०७८

-आस्था न्यूज

पुस २६, २०७८ काठमाडौं । 
 
माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आजदेखि निर्वाचन आचार संहिता लागू भएको छ ।
 
निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गरेको हो ।
 
आयोगले निर्वाचन आचार संहिताको पूर्णरुपमा पालना गर्न गराउन सरोकारवालाहरुलाई निर्देशन समेत दिएको छ ।
 
आचार संहिताको पालना गर्नु सम्बन्धित सबैको कानूनी तथा नैतिक दायित्व भएको भन्दै आयोगले यदि उल्लंघन भएमा कानूनी कारवाही हुने बताएको छ ।
 
आचारसंहिता लागू भएपछि कुनै पनि पार्टी वा उम्मेदवारलाई भोट माग्न पाइँदैन ।
 
आचार संहिता सरकार, सरकारका मन्त्री, कर्मचारी, राजनीतिक दल, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पर्यवेक्षक, सरकारी अर्धसरकारी र निजी संघसंस्था लगायतमा लागू हुने निर्वाचन आयोगले जनाएको छ ।