कोभिडको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ साइप्रसमा पनि भेटियो

पौष २६,२०७८

-आस्था न्यूज

पुस २६, २०७८ काठमाडौं । 
कोभिडको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ साइप्रसमा भेटिएको छ । डेल्टा र ओमिक्रोन मिश्रित सो भेरियन्ट भएकाले वैज्ञानिकहरुले सो भेरिएन्टको नाम ‘डेल्टाक्रोन’ दिएका छन् ।
 
डेल्टाक्रोनबाट २५ जना संक्रमित भइसकेको बताइएको छ । जसमध्ये ११ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
 
साइप्रसमा ओमिक्रोन र डेल्टाको मिश्रित संक्रमण देखा परेको युनिभर्सिटी अफ साइप्रसका प्राध्यपाक तथा लेब्रोटरी अफ बायोटेक्नोलोजी एन्ड मोलिकुलर भाइरोलोजीका प्राध्यापक लियोडियोसले बताए ।
 
जनवरी ७ मा डेल्टाक्रोनका २५ सिक्वेन्स जीआइएसएआईडीमा पठाइएको थियो । जीआइएसएआईडी अन्तर्राष्ट्रिय डाटावेस हो, जसले भाइरसको परिवर्तन पत्ता लगाउछ । नयाँ भाइरसबारे थप अनुसन्धान भइ रहेको बताइएको छ ।