पृथ्वी जयन्तीका अवसरमा राष्ट्रपति भण्डारीबाट शालिकमा फूल माला अर्पण

पौष २७,२०७८

-आस्था न्यूज

पुस २७, २०७८ काठमाडौं ।
पृथ्वी जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरेकी छन्। सिंहदरवारको मुल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा उनले पुष्पहार चढाएकी हुन् ।
 
पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिन तथा राष्ट्रिय एकता दिवसका रुपमा मनाउन माग हुँदै आए पनि सरकारले भने ती मागलाई वास्ता गरेन । 
 
सरकारी स्तरबाट पृथ्वी जयन्तीका अवसरमा कुनै कार्यक्रम नगरिए पनि राष्ट्रपति भण्डारी पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुगेकी हुन् ।
 
पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नका लागि सर्वसाधारणसमेत पुगेका छन् । 
 
सो क्रममा विभिन्न सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिएको छ ।