नेपालले अफगानिस्तानलाई मानवीय सहायता सामग्री पठाउने

माघ ०१,२०७८

-आस्था न्यूज

माघ १, २०७८ काठमाडौं ।
सरकारले नेपाली जनताका तर्फबाट अफगानिस्तानका नागरिकहरुका लागि मानवीय सहायता सामग्री पठाउने भएको छ ।
 
आइतबार बिहान हिमालय एअरलाइन्सको विशेष विमानबाट औषधिलगायत सहायता सामग्री काबुल पठाइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 
विमानस्थलमा भोलि हुने पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा नारायण खड्काले मानवीय सहायता सम्बन्धमा विस्तृत जानकारी दिनुहुने कार्यक्रम छ ।