कलङ्कीमा बसको ठक्करबाट एकजनाको मृत्यु

माघ ०२,२०७८

-रासस

माघ २, २०७८ काठमाडौं ।
काठमाडौँको कलङ्कीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका-१४ कलङ्कीस्थित सडकमा बा ६ ख १४५९ नम्बरको बसले प्रदेश ०२-०२८ प ७६१४ नम्बरको मोटरसाइकललाई गएराति  ठक्कर दिँदा मोटरसाइकलमा सवार रुकुम बुढाउत्तर गाउँपालिका–१० का २१ वर्षीय सङ्गीत बुढामगरको मृत्यु भएको हो ।
 
बसको ठक्करबाट सख्त घाइते बुढामगरको उपचारका क्रममा शहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना पछि  फरार बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।