इंग्लिस प्रिमियर लिगमा नर्विचलाई हराउँदै चेल्सीको सहज जित

फाल्गुण २७,२०७८

-आस्था न्यूज

फागुन २७, २०७८ काठमाडौं ।
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले रेलिगेशन क्षेत्रको नर्विच सिटीलाई हराएको छ । बिहीबार राति भएको खेलमा चेल्सीले सिटीविरुद्ध ३-१ अन्तरको जित निकालेको हो । तुलनात्मक रुपमा कमजोर नर्विचविरुद्ध ट्रोभो चालोबह, मासन माउन्ट र काइ हार्भटले १-१ गोल गरे । नर्विचका टिमु पुकीले सान्त्वना गोल गरे ।
 
जितसँगै चेल्सीले २७ खेलमा ५६ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । नर्विच १७ अंक जोडेर पुछारमा छ ।
 
अन्य खेलमा एस्टन भिल्लाले लिड्स युनाइटेडलाई ३-० अन्तर, उल्भ्सले वाट्फोर्डलाई ४-० अन्तर र न्युक्यासल युनाइटेडले साउथह्याम्पटनलाई २-१ अन्तरले पराजित गरेको छ ।