श्रीलंकाले कागज किन्न नसक्दा लाखौं विद्यार्थीहरूको परीक्षा रद्द

चैत्र ०६,२०७८

-आस्था न्यूज

चैत ६, २०७८ काठमाडौं।
कागज नभएपछि श्रीलंकाले पश्चिमी प्रान्तका लाखौं विद्यालय विद्यार्थीहरूको लागि परीक्षा रद्द गर्न बाध्य भएका छन् । कोलम्बोसँग आयात गर्नका लागि डलरको कमी भएपछि यो समस्या सिर्जना भएको अधिकारीहरूले बताएका छन् ।
 
शिक्षा अधिकारीहरूका अनुसार परीक्षाहरू, कागजको चरम अभावका कारण अनिश्चित कालका लागि स्थगित गरिएको छ । श्रीलंकाले सन् १९४८ मा स्वतन्त्रता पाएपछि सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ।
 
प्रिन्टरहरूले आवश्यक कागज र मसी आयात गर्न विदेशी मुद्रा सुरक्षित गर्न नसक्ने भएकाले विद्यालयका प्रधानाध्यापकहरूले परीक्षा लिन सक्दैनन्, झन्डै ६० लाख जनसंख्या रहेको पश्चिमी प्रान्तको शिक्षा विभागले भनेको छ ।
 
एजेन्सी