टी-ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा पपुवा न्यू गिनीको शानदार जित

चैत्र १८,२०७८

-आस्था न्यूज

चैत १८, २०७८ काठमाडौं ।
त्रिकोणात्मक टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा पपुवा न्यू गिनी पीएनजीले शानदार जित निकालेको छ ।
 
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा पीएनजीले मलेसियालाई ८ विकेटले पराजित गरेको हो ।
 
मलेसियाले दिएको १ सय ९७ रनको लक्ष्य पीएनजीले १७ ओभर ५ बलमा २ विकेट गुमाएर भेट्टायो । पीएनजीको जितमा टोनी उराले नट आउट ८६ र असद भालाले नट आउट ७४ रन बनाए ।
 
टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ९६ रन बनाएपछि पीएनजीले १९७ रनको विशाल लक्ष्य पाएको थियो । पीएनजीका लागि काबुआ मोरियाले ४ र रिले हेकुरेले १ विकेट लिए ।