कतारमा हुने विश्वकप फुटबलको समूह विभाजन ड्र सार्वजनिक

चैत्र १९,२०७८

-आस्था न्यूज

चैत १९, २०७८ काठमाडौं ।
कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको समूह विभाजन ड्र सार्वजनिक भएको छ । फिफाले विश्वकपमा सहभागी हुने ३२ राष्ट्रलाई वरीयता क्रममा राखेर ड्र गरेको हो ।
 
सार्वजनिक ड्र अनुसार समूह ए मा कतार, नेदरल्याण्ड, सेनेगल र इक्वेडर छन् । यस्तै समूह बी मा इंल्याण्ड, अमेरिका, इरान छन् भने समूह सी मा अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया छन् । यस्तै,साविक विजेता फ्रान्स समूह डीमा परेको छ । यो समूहमा फ्रान्ससँगै डेनमार्क, ट्युनिसिया र प्ले अफबाट आउने एक टोली रहनेछ । यस्तै, समूह ईमा उपाधि दाबेदार स्पेन र जर्मनीका साथै जापान परेको छ ।
 
समूह एचमा पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया र घाना छन् भने समूह जीमा ब्राजिल, स्विजरल्याण्ड, सर्बिया र क्यामरुन छन् ।  उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरसँग प्रतिस्पर्धा गर्ने छ । कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ तारिखसम्म हुनेछ ।