प्रिमियर लिग फुटबलमा आर्सनल पराजित

चैत्र २२,२०७८

-आस्था न्यूज

चैत २२, २०७८ काठमाडौं ।
 
प्रिमियर लिग फुटबलमा आर्सनल पराजित भएको छ । सोमबार राति भएको खेलमा आर्सनल क्रिस्टल प्यालेससँग ३–० ले पराजित भएको हो । पराजित भएसँगै आर्सनलले शीर्ष चारमा आफूलाई स्थापित गर्ने मौका गुमाएको छ । क्रिस्टलले घरेलु मैदानमा खेलको १६ औं मिनेटमा अग्रता बनाएको थियो । जिन फिलिपे माटेटाले गोल गर्दै क्रिस्टल प्यालेसलाई सुरुआती अग्रता दिलाएका थिए ।
 
 
जोर्डन एयुले २४ औं मिनेटमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । ७४ औं मिनेटमा विल्फ्रिड जाहाले पेनाल्टीबाट गोल गर्दै क्रिस्टल प्यालेसलाई ३-० को जित दिलाए । जितसँगै क्रिस्टल प्यालेसले ३० खेलमा ३७ अंक जोडेर तालिकाको नवौं स्थानमा उक्लिएको छ । पराजित आर्सनल ५४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।