क्यानको महाप्रबन्धकमा खनाल नियुक्त

चैत्र २७,२०७८

-आस्था न्यूज

चैत २७, २०७८ काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान)को महाप्रबन्धक (जनरल म्यानेजर) मा वृत्तान्त खनाल नियुक्त भएका छन् ।
 
रौनक मल्लको एक वर्षे सम्झौता सकिएपछि क्रिकेट संघले नयाँ महाप्रबन्धक  नियुक्ति प्रक्रिया थालेको थियो । ३४ जनाको आवेदन गरेकोमा छनोट कमिटीले ९ जनाको सूची बनाएर अन्तर्वार्ता लिएको थियो । त्यसबाट छनोट भएका खनालले ३ वैशाखबाट जिम्मेवारी सम्हाल्ने क्यानले बताएको छ ।