थप २२ जनामा कोरोना सङ्क्रमण पुष्टि, निको हुने दर ९८.७ प्रतिशत

चैत्र २८,२०७८

-आस्था न्यूज

चैत २८, २०७८ काठमाडौं ।
देशभर थप २२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ५ हजार १४४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २२ मा सङ्क्रमण पुष्टि भएको हो ।
 
 थप ४६ जना निको भएका छन् । नेपालमा हाल निको हुने दर ९८.७ प्रतिशत रहेको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ५६८ पुगेको छ ।
 
पछिल्लो २४ घण्टामा मात्र १५ हजार ३५५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । नेपालमा हालसम्म ११ हजार ९५१ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।