वाग्मती प्रदेशमा सार्वजनिक सवारीसाधनको भाडा बढ्यो

बैशाख ०१,२०७९

-आस्था न्यूज

वैशाख १, २०७९ काठमाडौं ।
 
वाग्मती प्रदेशमा बिहीबारदेखि सार्वजनिक सवारीसाधनको भाडा बढेको छ । बैशाख १ देखि लागू हुनेगरी यसअघि नै श्रम, रोजगार तथा यातायात मन्त्रालय वाग्मती प्रदेशले भाडा बढाउने निर्णय गरेको थियो । साबिकको भाडामा १० प्रतिशत वृद्धि गरिएको हो । पेट्रोलियम पदार्थको मूल्यवृद्धि अनुसार भाडा समायोजन गरिएको प्रदेश सरकारले जनाएको छ ।
 
भाडा वृद्धिसँगै अब काठमाडौं उपत्यकामा सार्वजिक बस चढ्नेवित्तिकै २० रुपैयाँ लाग्नेछ । ५ किलोमिटर दूरीसम्म २० रुपैयाँ, १० किलोमिटर दूरीसम्म २५ रुपैयाँ भाडा तिर्नुपर्नेछ । त्यस्तै १० देखि १५ किलोमिटरसम्म ३० रुपैयाँ, १५ देखि २० किलोमिटरसम्म ३३ रुपैयाँ र २० किलोमिटरभन्दा धेरै यात्रा गर्दा ३८ रुपैयाँ भाडा तोकिएको छ वाग्मती प्रदेशमा चल्ने ट्याक्सीको पनि भाडा समायोजन गरएिको छ । पेट्रोलियम पदार्थबाट चल्ने र बिजुलीबाट चल्ने ट्याक्सीका हकमा छुट्टाछुट्टै भाडा कायम गरिएको छ ।