नेपाल उद्योग परिसंघको अर्थमन्त्रीलाई आयात नरोक्न आग्रह सुझाव

बैशाख ०५,२०७९

-आस्था न्युज

५ वैशाख, काठमाडौं । नेपाल उद्योग परिसंघका प्रतिनिधि मण्डलसँग सोमबार मन्त्रालयमा भेट गर्दै अर्थमन्त्री जर्नादन शर्माले केही व्यक्तिले देशको अर्थव्यवस्थालाई राजनीतिकरण गरेर चुनावी मुद्दा बनाएको आरोप लगाएका छन् ।

 

अर्थमन्त्री शर्माले श्रीलंकासँग नेपालको तुलना गर्नु गलत भएको भन्दै  ‘नेपाल र श्रीलंकाको तुलनै हुँदैन, आफूले बारम्बार भन्दै आएको छु,’  ‘केही व्यक्तिले देशको अर्थव्यवस्थालाई राजनीतिकरण गर्न खोजिरहेका छन् । चुनावी मुद्दा पनि बनाएका छन । ‘परिसंघको टोलीसँगको भेटमा अर्थमन्त्री शर्माले भनेका छन् ।

 

नेपालको अर्थव्यवस्थाा श्रीलंकाको  जस्तो नभएको र आफूहरुले श्रीलंका जस्तो हुन पनि नदिने गरी अर्थ व्यवस्था सुधारको काम गरिरहेको मन्त्री शर्माले दाबी गरे । आगामी आब ०७९-८० को बजेटमार्फत अर्थतन्त्रको अहिलेको समस्यालाई सम्बोधन  गरी नजिता देखिने गरी सुधार गर्ने बताएका छन्  ।

 

परिसंघले सुनमा आधारित ऋणपत्र जारी गर्न, रेमिट्यान्सको निक्षेपमा अतिरिक्त २ प्रतिशत ब्याजदर दिन, गैरआवासिय नेपाालीलाई डलरमा खाता खोल्न आकषिर्त गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।

 

 

नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णुकुमार अग्रवालसहितको प्रतिनिधि मण्डलले आयातमा प्रतिबन्ध नलगाउन अर्थमन्त्री शर्मालाई   सुझाव दिएका  छन्  । परिसंघले विदेशी मुद्राको संचितीमा परेको चापबाट माथि उठ्नका लागि आयातमा प्रतिवन्ध लगाउनुको सट्टा करको दर बढाउने तथा आयातका लागि लिइने ऋणको ब्याजदरसमेत हेरफेर गर्नुपर्ने सुझाव दिएका छन्  ।

 

 

भेटमा परिसंघले उत्पादन र आयातमा जाने कर्जाको ब्याजदर फरक-फरक बनाउन भन्दै  परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले आन्तरिक तथा वाह्य पर्यटन क्षेत्रमा उल्लेख्य सुधार आइसकेको बताउँदै पूर्वाधार निर्माण र पर्यटनलाई आकर्षित गर्ने प्याकेजहरु सरकारले धमाधम घोषणा गर्नुपर्ने बताए ।