नेकपा (एमाले)का दुई पक्ष बीच झडपमा जीतपुर सिमरा उपमहानगरपालिका-२३ मा वडा अध्यक्ष सहित ६ जना घाइते

बैशाख ०७,२०७९

-

७ वैशाख, वीरगञ्ज । बाराको जीतपुर सिमरा उपमहानगरपालिका-२३ मा वडा अध्यक्ष सहित ६ जना घाइते भएका छन् . ।

 नेकपा (एमाले)का दुई पक्ष वडा अध्यक्ष असलम देवान र वडा अध्यक्षका प्रत्यासी मुस्तकिम अन्सारी पक्षबीच झडप भएको हो ।

 

घाईतेहरू झडपमा परी वडा अध्यक्ष देवान, नासिर र नाजिर देवानको नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको छ । वडा अध्यक्ष देवानको घाँटी, छाती र ढाडमा चोट लागेको छ ।

 

चाँद महम्मद, अनु आरुल महम्मद र मुस्ताक अन्सारीहरूको वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

 

बाटोको विषयमा विवाद हुँदा उनीहरूबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ  । प्रहरीले बसरुदिन मिया, लाल महम्मद र अनिल महम्मदलाई नियन्त्रणमा लिएको छ ।

एमालेबाट टिक नपाएर माओवादीबाट चुनाव लडेका देवडा अध्यक्ष वान निर्वाचित भएपछि पुन: एमालेमा फर्किएका हुन्  ।