गभर्नरको राजीनामा माग्दै बालुवाटारस्थित राष्ट्र बैंक कार्यालय परिसरमा कालो ब्यानर सहित प्रदर्शन

श्रावण ०४,२०७९

-आस्था न्युज

४ साउन, काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट विद्यार्थीहरुले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै बालुवाटारस्थित राष्ट्र बैंक कार्यालय परिसरमा कालो ब्यानर सहित प्रदर्शन गरेका छन् ।

 

गभर्नरको गलत नीतिका कारण अर्थ व्यवस्था संकटपूर्ण अवस्थामा पुगेको भन्दै  १ साउनमा नेविसंघ र अखिल क्रान्तिकारीले बालुवाटार क्षेत्रमा यस अघि पनि प्रदर्शन गरेका थिए । प्रदर्शनको क्रममा  प्रहरीले हस्तक्षेप गर्दा केही विद्यार्थीहरु समेत घाइते भएका थिए ।

 

 

गभर्नर अधिकारीविरुद्ध शैक्षिक योग्यमा प्रश्न उठेको र एम अधिकारीको नाममा नेकपा एमालेको अर्थ विभाग सदस्य बनेको भन्दै कांग्रेस र माओवादी केन्द्रका विद्यार्थी संगठनहरुले प्रदर्शन गरिरहेका  छन् ।

 

मंगलबार नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ, नेकपा माओवादी केन्द्रको अखिल क्रान्तिकारी र एकीकृत समाजवादीको अनेरास्ववियूले संयुक्त विज्ञप्ति जारी गर्दै  गभर्नर बर्खास्तीको माग गर्दै आन्दोलनको  घोषणा गरेका थिए  ।