म्यान्मारमा एक पूर्व सांसदसहित ४ जनालाई मृत्युदण्ड

श्रावण ०९,२०७९

-आस्था न्यूज

साउन ९, २०७९ काठमाडौं ।  
म्यान्मारको सैनिक शासनले एक पूर्व सांसदसहित चारजनालाई मृत्युदण्ड दिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले सोमवार खबर दिएको छ । 
 
दशकौंपछि पहिलोपटक म्यान्मारले कसैलाई मृत्युदण्ड दिएको हो । 
 
क्रूर तथा अमानवीय आतंकवादी गतिविधिको नेतृत्व गरेको आरोपमा ती चारजनालाई मृत्युदण्ड दिइएको ग्लोबल न्यु लाइट अफ म्यान्मार पत्रिकाले लेखेको छ । 
 
कारागारको कार्यविधिअनुसार मृत्युदण्ड दिइएको पत्रिकाले उल्लेख गरेको छ । कहिले र कसरी उनीहरूलाई मारिएको भने पत्रिकाले खुलाएको छैन ।